Banner Nepal
सरकारलाई आगामी बजेटमा स्रोत जुटाउनै सकस, खर्चमा व्यापक कटौती गर्ने तयारी

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा स्रोत जुटाउन  सकस परेपछि सरकार बैकल्पिक तयारीमा जुटेको छ । आथिक वर्ष २०८२–८३ को बजेटको स्रोत सुनिश्चित गर्न सरकारले खर्च कटौती गर्ने तयारी गरेको हो ।

राजस्व बढ्न नसक्दा स्रोत जुटाउन दबाब झेलेको सरकारले आगामी वर्ष गरिने खर्च कटौती गरेर बजेट विनियोजन गर्ने तयारीमा छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मितव्यितता र खर्च कटौतीलाई ध्यान दिएर बजेट बनाउन लागिएको बताउनु भयो ।  

बजेट निर्माणको अन्तिम तयारीमा रहेका अर्थमन्त्री पौडेलले आगामी बजेट विशेष गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउनेतर्फ केन्द्रित हुनेगरी काम भइरहेको जानकारी दिनुभयो ।

अर्थमन्त्रालय स्रोतका अनुसार आगामी बजेटले पुँजीगत खर्च र त्यसमा देखापरेका समस्या समाधान गर्ने गरिको कार्यक्रम ल्याउन लागेको छ । आगामी बजेटले आर्थिक अनुशासन र निजी क्षेत्रको आत्मविश्वास वृद्धिलाई प्राथमिकतामा राख्ने अर्थमन्त्रालयको दाबी छ । 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update