Banner Nepal
संसद बैठक बस्दै, यस्ता छन् आजका एजेण्डा

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बोलाइएको छ । बैठकमा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको विषयमा छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।  

त्यस्तै आजको बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ मा प्रेम सुवालले दर्ता गरेको विरोधको सूचना निर्णयार्थ पेश गर्ने सम्भावित कार्यसूची बनाईएको छ ।  

सचिवालयले जारी गरेको सूचनामा आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ पनि प्रस्तुत गर्ने कार्यसूची रहेको उल्लेख छ । 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update