Banner Nepal
पुटिनसँग वार्ता गर्न जेलेन्स्किी तयार, तर एक महिने युद्ध विरामको शर्त

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न तयार रहेको बताउनुभएको छ । जेलेन्स्कीले युद्ध अन्त्य गर्ने बारेमा छलफल गर्न टर्कीको इस्तानबुलमा रुसका राष्ट्रपति पुटिनसँग व्यक्तिगत रुपमा वार्ता गर्न तयार रहेको बताउनु भएको हो ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीमा रुससँग प्रत्यक्ष वार्ताको प्रस्ताव स्वीकार गर्न युक्रेनलाई माग गरेको केही समयपछि जेलेन्स्कीले सो अभिव्यक्ति दिनु भएको हो । जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा खेल्नु भएको छ, ‘अब अरु ज्यान गुमाउनुको कुनै अर्थ छैन । म आफैं बिहीबार टर्किमा पुटिनको प्रतीक्षा गर्नेछु ।' यसअघि जेलेन्स्कीले युद्धविराम भएपछि मात्र आफ्नो देश रुससँग वार्ता गर्न खुला रहेको बताउनुभएको थियो ।

युरोपेली नेताहरुले किभमा शनिबार ’इच्छुकहरुको गठबन्धन’को नेतृत्व गरेपछि पश्चिमी शक्तिहरुले सोमबारदेखि ३० दिने युद्धविरामको आह्वान गरेका थिए । वार्ताका लागि राष्ट्रपति जेलेन्स्कीले रुसले एक महिना युद्धविराम गर्नुपर्ने शर्त अघि सार्नु भएको छ ।

यसअघि रुसका राष्ट्रपति पुटिनले वार्ताका लागि आगामी बिहीबार टर्की आउन युक्रेनलाई प्रस्ताव गर्नु भएको थियो । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि युद्ध सुरु भएको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १३:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update