Banner Nepal
हिमाल आरोहणबाट राज्यले उठायो ७७ करोड रुपैयाँ राजस्व

काठमाडौं । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी संकलन भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म ७७ करोड ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको हो ।

सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख ९ हजार २८ रुपैयाँ रोयल्टी प्राप्त भएको विभागले जनाएको छ । सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि १ सय १९ आरोही समूहका दुई सय ४० महिला र ८ सय ८७ पुरुष गरी कूल एक हजार १ सय २७ जनाले आरोहण अनुमति लिएका छन् ।

विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी कूल ४५६ आरोहीले आरोहण अनुमति लिएका छन् । 

सगरमाथा आरोहणका लागि ५७ देशका आरोही आएका हुन् । आमादब्लममा १० समूहका १०२, ल्होत्सेमा नौ समूहका १०७, मकालुमा आठ समूहका ७९, कञ्चनजङ्घामा सात समूहका ७५, नुस्सेमा छ समूहका ७६ र अन्नपूर्णमा छ समूहका ६६ आरोही छन् । व

सन्त ऋतु सगरमाथा सहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि विश्वभरबाट उल्लेख्य संख्यामा आरोही आउने गरेका छन् । आरोहण अनुमति जारी रहेकाले अझै संख्या बढ्न सक्ने विभागको अनुमान छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १२:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update