तनहुँमा राष्ट्र प्रमुख
राष्ट्रपति पौडेल गृहजिल्ला तनहुँमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ पुग्नु भएको छ । व्यास नगरपालिका– ८ स्थित बाहुनपोखरामा आयोजित कार्यक्रममा सहभागी हुन तनहुँ पुग्नु भएको हो ।
बाहुनपोखरा पुग्नुअघि पौडेलले बौद्धनाथ पुगेर गुरु ल्हाखाङ गुम्बामा बुद्धजयन्तीको अवसरमा पूजाअर्चना गर्नु भएको थियो । राष्ट्रपति तनहुँबाट आजै काठमाडौं फर्किने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२ १२:३९
प्रतिक्रिया दिनुहोस्