युद्ध होइन वार्ता
भारत र पाकिस्तानालाई युद्ध रोकेर वार्ता गर्न जी सेभेन मुलुकहरुको संयुक्त अपिल , संयता अपनाउन आग्रह

काठमाडौं । औद्योगिक मुलुकहरुको संगठन जी–सेभेनले युद्ध रोकेर वार्ता गर्न भारत र पाकिस्तानलाई आग्रह गरेको छ ।
जी सेभेनले दुई छिमेकीबीचको उत्पन्न तनावलाई वार्ता मार्फत समाधान गर्न आग्रह गरेको हो । दुई देशबीच तनाव बढिरहेको बेला जी सेभेनमा आवद्ध देशहरुले संयुक्तरुपमा अपिल जारी गरेका हुन् ।
विज्ञप्तिमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका, बेलायत र युरोपेली संघका विदेश मन्त्रीहरूले गत २२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणको निन्दा गरेका छन् ।
अपिलमा भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन आग्रह गरिएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२ १२:१४
प्रतिक्रिया दिनुहोस्