पानी, हुरी, हिमपात
आज यी स्थानमा वर्षा हुँदैछ

काठमाडौं । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण आज पहाडी भेगमा वर्षा हुने अनुमान गरिएको छ ।
अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाका कारण कतिपय पहाडी भेगका साथै अन्य केही स्थानमा पानी पर्ने सम्भावना बढेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा वर्षा हुने छ ।
मधेश प्रदेश लगायत लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरी चल्ने महाशाखाले जनाएको छ । त्यस्तै, हिमाली भूभागका एकदुई स्थानमा वर्षाका साथै हिमपातको पनि सम्भावना छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२ १२:११
प्रतिक्रिया दिनुहोस्