Banner Nepal
अमेरिका लचक बन्ने संकेत, चिनिया सामानमा लगाइएको कर घट्न सक्ने 

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चीनबाट वस्तु आयात गर्दा लगाइएको १ सय ४५ प्रतिशत कर पुनरावलोकन गरेर ८० प्रतिशतमा झार्न सक्ने संकेत गर्नुभएको छ ।

चीनसँग हुन लागेको छलफल अगाडि राष्ट्रपति ट्रम्पले चिनिया सामानमा कर घटाउन सकिने उल्लेख गर्नु भएको हो । दुई मुलुकका उच्च तहका प्रतिनिधिबीच व्यापार करबारे आज स्वीजरल्याण्डको जेनेभामा बार्ता हुँदै छ ।

अमेरिकाले चिनियां सामानमा १ सय ४५ प्रतिशत कर लगाएसंगै चीनले पनि बदलामा अमेरिकी सामानलाई १ सय २५ प्रतिशत आयात कर लगाएको छ ।

अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्ट तथा चीनका आर्थिक मामिला अधिकारी हि लिफिङबीच आजका लागि वार्ता तय भएको छ । दुई मुलुकबीच व्यापारमा उच्च कर बृद्धि भएसंगै विश्वमा आर्थिक असन्तुलन भएको भन्दै आलोचना भइरहेका बेला हुनलागेको अमेरिका र चीनबीचको वार्ताले सकारात्मक निकास दिने विश्वास गरिएको रोयर्टसले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  १२:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update