Banner Nepal
यसवर्षका लागि सगरमाथा आरोहणको ढोका खुल्यो, चार सय २१ आरोही चुचुरो पुग्ने तयारीमा

काठमाडौं । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको छ । ७ जना शेर्पाको टोलीले सगरमाथाको चुचुरोसम्मै टोरी टाग्ने काम सकेसँगै आरोहणको ढोका खुलेको हो ।

सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक लीलाधर अवस्थीले सगरमाथाको चुचुरोमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै आरोहण औपचारिक रूपमा सुरु भएको जानकारी दिनुभयो ।

दुई हप्ताभन्दा बढी समय लगाएर एक दर्जनबढीको संख्यामा रहेका शेर्पाको टोलीले चुचुरोसम्म डोरी टाँगेको एक्सपीडिसन कम्पनीले जनाएको छ ।  यो याममा विश्वकीर्तिमानी आरोही कामीरिता शेर्पा ३१ औँ पटक सगरमाथा आरोहणको तयारीमा हुनुहुन्छ ।  

त्यस्तै, टासी ग्याल्जेन शेर्पा २० दिनमा चार पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने योजनामा सगरमाथा पुग्नुभएको छ । अर्का विश्वकीर्तिमानी आरोही सानु शेर्पा पनि आरोहणका लागि बेस क्याम्प पुगिसक्नु भएको छ ।

पर्यटन विभागको पर्वतारोहण शाखाले अहिलेसम्म ४ सय २१ जनाले सगरमाथा आरोहण अनुमति लिएको जनाएको छ । यद्यपी अनुमति लिनेहरु अझै थपिने विभागको भनाई छ ।  

अघिल्लो वर्ष पनि यो सिजनमा ४२१ जनाले नै अनुमति लिएका थिए । सगरमाथा आरोहणबाट सरकारले ६५ करोड रुपैयाँ संकलन गरेको थियो । 

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  ११:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update