Banner Nepal
संखुवा सभाको चैनपुर र ललितपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित

काठमाडौं । संखुवासभाको चैनपुर नगरपालिका र ललितपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । चैनपुर नगरको ११ औँ वार्षिक उत्सवको अवसरमा भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

प्रतिनिधिमण्डलसहित चैनपुर आएका ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र चैनपुरका प्रमुख कृष्णकुमार तामाङले भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

पूर्वाधार तथा शहरी विकास, समाजिक विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन र आर्थिक प्रर्वद्धनका क्षेत्रमा आपसी सहयोग र अनुभव आदनप्रदान गर्ने लगायतका विषयमा दुई निकायबीच सम्झौता भएको छ ।

साथै स्थानीय उत्पादनलाई प्रर्वद्धन गरी उत्पादित समानहरुको बजारीकरण तथा व्यावसायिकताका लागि आवश्यक सहयोग र सहकार्यमा जोड दिने विषय सम्झौतामा उल्लेख छ । भगिनी सम्बध स्थापित भएपछि आफुहरु अब एकै परिवारको प्रमुख तामाङले प्रतिक्रिया दिए।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update