Banner Nepal
अमेरिकाबाट नेपालीलाई डिपोट गर्ने क्रम जारी, अहिलेसम्म झण्डै सयजना नेपाल फर्काइए  

काठमाडौं । अमेरिकाले सन् २०२५ सुरु भएयता ६५ हजार ६ सय ८२ आप्रवासीलाई निष्कासन गरेको छ । प्छिल्लो चार महिनामा अमेरिकाले निष्कासन गरेकामध्ये ७९ नेपाली र चार जना भुटानी शरणार्थी छन् । गैरकानुनी रूपमा बस्दै आएका, आपराधिक गतिविधिमा संलग्न रहेका र अदालतबाट निष्कासनको आदेश पाइसकेकालाई अमेरिकाले डिपोट गरेको जनाएको छ ।

१ करोड १० लाख गैरकानुनी आप्रवासी रहेको अमेरिकाको अनुमान छ । गैरकानुनी आप्रवासी निष्कासनसँगै उनीहरूलाई रोजगारी दिने व्यवसायीलाई समेत सरकारले पक्राउ गरेको छ । पक्राउ परेका ती व्यवसायीबाट १० लाख अमेरिकी डलर जरिवाना लिइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीलाई निष्कासन गर्ने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्ने आदेश जारी गरेसँगै आप्रवासी निष्कासनको क्रमले तिब्रता पाएको छ । पछिल्लो समय सीमाबाट अनधिकृत प्रवेश गर्नेको संख्या पनि ह्वात्तै घटेको छ । 

यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट आइसका उपनिर्देशक म्याडिसन डी सियानलले राष्ट्रिय सुरक्षा अभियानलाई कायम राख्दै गैरकानुनी आप्रवासी निष्कासनलाई अझै तीव्रता दिने र पक्राउ दरलाई बढाइने बताए । आइसको तथ्यांकअनुसार पहिलो चरणमा निष्कासन हुने सूचीमा रहेका १ हजार ३ सय ६५ नेपालीमध्ये ७९ जनालाई नेपाल पठाइसकिएको छ ।

काठमाडौंस्थित अध्यागमन विभागका निर्देशक तथा सूचना अधिकारी टीकाराम ढकालका अनुसार निष्कासित भएका मध्ये जनवरीमा ६ जना , फेब्रुअरीमा २० जना, मार्चमा ३० र अप्रिलमा २६ जना नेपाल आइसकेका छन् । अमेरिकाबाट नेपाल आएका ७९ जनालाई सामान्य सोधपुछ गरेर परिवारको जिम्मा लगाइसकेको ढकालले बताए ।


 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १४:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update