
काठमाडौं । उत्तर कोरियाले पूर्वी समुन्द्री तटमा बहुसंख्यक छोटो दुरीको अनेकौं क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले दाबी गरेको छ । दक्षिण कोरियाको सेनाले उत्तर कोरियाको ओनसन क्षेत्रबाट दर्जनौं क्षेप्यास्त्र प्रहार भएको जनाएको हो ।
उत्तरको सो कदमबारे अमेरिकासँग थप रणनीतिका विषयमा छलफल भइरहेको दक्षिण कोरियाका सेनालाई उद्धृतगर्दै रोयटर्सले जनाएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको प्रस्ताव बमोजिम उत्तर कोरियालाई लगाइएको प्रतिवन्धका बाबजुद पनि उत्तरले क्षेप्यास्त्र परिक्षण गरेको भन्दै दक्षिण कोरियाले आपत्ती जनाएको छ ।
गत मार्चमा समेत उत्तर कोरियाले ब्यालेष्टिक क्षेप्यास्त्र परिक्षण गर्दा अमेरिका र दक्षिण कोरियाले चेतावनी जारी गरेका थिए । उत्तरकोरियालाई उत्तेजित नहुन अमेरिका र दक्षिण कोरियाले चेतावनी दिएका छन् । उत्तरले रुसलाई क्षेप्यास्त्र तथा ड्रोन निर्यात गर्दै आएको अमेरिका र दक्षिण कोरियाले दावी गरेका छन् ।