Banner Nepal
सुनको भाउ आज पनि बढ्यो तोलाको २ लाख नजिक

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै नेपालमा पनि सुनको भाउ बढेको छ । नेपाली बजारमा सुन आज प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

कारोबार हुने साताको पाँचौ दिन आज नेपाली बजारमा तोलाको एक लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी भने तोलामा १० रुपैयाँले घटेर एक हजार ९ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १४:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update