एक युवतीको मृत्यु
काठमाडौंको तीनकुनेमा जेब्रा क्रसिङमा रोकिराखेको मोटरसाईकललाई बसले ठक्करदिँदा एक युवतीको मृत्यु

काठमाडौं । काठमाडौंको तीनकुनेमा आज बिहान भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । यात्रुबाहक बसले ठक्कर दिदाँ मोटरसाइकलमा सवार नुवाकोट घर भइ ललितपुरको धोबीखोला बस्दै आएकी २३ वर्षीया नगिना तामाङको मृत्यु भएको हो ।
कोटेश्वरबाट नयाँ बानेश्वरतर्फ गइरहेको बसले ट्राफिक लाइटमा रोकिराखेको मोटरसाइकल र एउटा भ्यानलाई ठक्कर दिएको उपत्यका ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता दिपक गिरीले जानकारी दिए ।
ठक्करबाट भ्यानका चालक, मोटरसाइकल चालक र बसमा सवार एक जना घाईते भएका छन् । प्रहरीले बस चालक इलाम घर भएका रामकुमार खड्कालाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया सुरु गरेको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२ १३:५७
प्रतिक्रिया दिनुहोस्