तापक्रमको ताण्डव
देशभर तापक्रम बढयो, तराईमा उखुम गर्मी

काठमाडौं । केही दिनदेखि जारी वर्षा रोकिएसँगै देशभरको तापक्रम बढ्दो क्रममा छ । वर्षा रोकिएपछि देशभर गर्मी बढ्न थालेको हो । हिजोदेखि पानी पर्न छोडेपछि तराईका क्षेत्रमा आज बिहानैदेखि गर्मी बढेको छ ।
तराईका केही स्थानको तापक्रम आज ३७ डिग्री सेल्सियस सम्म पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौको अधिकतम तापक्रम २९ डिग्रीसम्म पुग्ने अनुमान छ ।
महाशाखाका अनुसार पश्चिमी तथा स्थानीय वायु कमजोर भएसँगै पानी पार्ने प्रणाली कमजोर भएको मौसमवीदले जनाएका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२ १३:४९
प्रतिक्रिया दिनुहोस्