Banner Nepal
प्रधानमन्त्रीले बोलाए क्याबिनेट बैठक, गभर्नर नियुक्ति मुख्य एजेण्डा 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक अपरान्ह ५ बजे बस्ने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ ।

गभर्नर नियुक्ति गर्न नसकिरहेको सरकारले आजको बैठकमा निर्णय गर्ने अपेक्षा गरिएको छ । त्यस्तै बैठकमा भारत–पाकिस्तानबीचको तनावका कारण सिर्जना हुन सक्ने अवस्था, आगामी आर्थिक वर्षको बजेट तयारीलगायत अन्य समसामयिक विषयलाई बैठकको एजेण्डामा राखिएको बुझिएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update