धातु बजार तातियो
सुनको भाउ तोलामा ६ सयले बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडौं । कारोबार हुने साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । सुनको मूल्य बढे पनि चाँदीको मूल्यमा भने सामान्य दरले गिरावट आएकोे छ ।
चाँदी आज प्रतितोला २० रुपैयाँले घटेर तोलाको १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२ १३:२२
प्रतिक्रिया दिनुहोस्