Banner Nepal
चन्द्रनिगापुर मालपोतमा  कार्यालय प्रमुख राईका कारण सर्वसाधारण आजित

काठमाडौं। रौतहटको मालपोत कार्यलय चन्द्रनिगाहपुरका कार्यलय प्रमुख भुपेन्द्र राई सेवाग्राहीमैत्री नभएको सर्वसाधारणले आरोप लगाएका छन् ।

प्रमुख राईको हाकिमी शैलीका कारण आफुहरुले दुख पाएको सेवाग्राहीले गुनासो गरेका हुन् । प्रक्रियागसंगत हुने काममा पनि उनले घुस माग्ने गरेको सेवाग्राहीको आरोप छ ।

बिना घुस उनले कुनै पनि फाइल हेर्न नमान्ने लेखापढी व्यवसायीको भनाई छ ।  एकजना सेवाग्राहीले भने – हाकिमसाबले पैसा विना कुनै काम नै गर्नु हुन्न । 

केही महिना आगाडी मालपोत कार्यलय चन्द्रनिगाहपुरमा कार्यालय प्रमुख भएर आएका राईले सो कार्यलयका कर्मचारीलाई समेत रैतीको जस्तो व्याबहार गर्ने गरेको कर्मचारीहरुको गुनासो छ ।

सेवा ग्राहीको काम लिएर कार्यालयमा जाँदा प्रमुख राईका कारण समस्या  भएको एकजना लेखापढी व्याबसायीले सुनाए । 

मालपोत कार्यलय चन्द्रनिगाहपुरका प्रमुख राईले सेवाग्राही संग हरेक काममा रकमको डिल गर्ने गरेको स्रोतको दाबी छ ।  सर्बसाधारण जनताबाट घुस असुल्ने  प्रबृत्तिका कारण कर्मचारी  देखि लेखापढी व्यासायी समेत समस्यामा परेको  छन ।

जनगुनासोको विषयमा कार्यालय प्रमुख राईसंग सम्पर्क गर्दा आफुले कुनै काममा कसै संग आर्थिक लेनदेन नगरेको तथा कर्मचारीलाई दुख दिने काम नगरेको बताए ।

चन्द्रनिगाहपुर मालपोत कार्यालयका प्रमुख बारे जनगुनासो बढेको विषयमा कार्यालयका प्रवक्ता वेद प्रकाश अर्यालसंग जिज्ञासा राख्द यस  बारेमा आफुले विभागका महानिर्देशकलाई जानकारी गराई सकेको बताए ।

राई  यातायात कार्यालय विरगंज पर्साबाट सरुबा भई  चन्द्रनिगाहपुर मालपोत कार्यालय आएका हुन्। यातायात कार्यालयमा रहदा पनि उनले सर्वसाधारणबाट रकम असुल्ने गरेको आरोप छ । 

 
 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १८:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update