
काठमाडौं । आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा ८३ अर्व बराबरको बजेट सिलिङ तोकिएको छ । चालु आर्थिक वर्षमा ८६ अर्बको बजेट रहेकोमा आगामी आर्थिक वर्षमा ३ अर्व बजेट घटाइएको हो । सरकारले स्वास्थ्यमा बजेट घटाएपछि विभिन्न स्वास्थ्य कार्यक्रम प्रभावित हुने देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले हाल मातृस्वास्थ्य, बालस्वास्थ्य, खोप, पोषण कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु सन्चालन गरिरहेको छ । बजेट घटेसँगै आगामी आर्थिक वर्षमा नयाँ कार्यक्रम नथपिने मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिनु भयो । स्वास्थ्य मन्त्री पौडेलले पछिल्लो समय १४ वर्ष मुनिका बालबालिकालाई निशुल्क क्यान्सर उपचार लगायतका महत्वकांक्षी कार्यक्रम अघि सार्नु भएको छ ।
ती कार्यक्रम पूरा गर्न मन्त्रालयलले स्वदेशी तथा विदेशी दाताहरुबाट परिपूर्ती गर्ने योजना बनाएको छ । चालु आर्थिक वर्षमा पनि बजेट अपुग हुँदा झण्डै ७ अर्ब रुपैयाँ दातृ निकायबाट लिएर जलन, पक्षघात लगायका क्षेत्रमा काम गरिरहेको प्रवक्ता बुढाथोकीले बताउनुभयो ।