Banner Nepal
देशभरको मौसम यस्तो छ , यी स्थानमा आज पानी पर्ने

काठमाडौं । मुलुकभर आज आंशिक देखि सामान्य बदली हुने भएको छ ।  पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण देशभरको मौसम बदली हुनुका साथै केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव परेको छ । आज दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू– भागका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ ।

 आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ ।  

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १३:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update