Banner Nepal
ओडिसाको किट कलजेमा फेरि एक नेपाली छात्राको रहस्यमय मृत्यु, घटनाबारे छानविन भइरहेको नेपाली दुतावासको भनाई  

काठमाडौं । भारतको ओडिसा सरकारले कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी  मा नेपाली छात्रा प्रिसा शाहको शंकास्पद मृत्यु भएको घटनाको विषयलाई छानविन गर्न आदेश दिएको छ ।

प्रान्तिय सरकारले घटनामा दुःख व्यक्त गर्दै प्रिसा साहको मृत्यु कारण बुझ्न स्थानीय प्रशासनलाई निर्देशन दिएको हो । बीटेक पहिलो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टलको कोठामा हिजो साँझ मृत भेटिएकी थिइन् । प्रहरीका अनुसार प्रिशा कोठामा एक्लै थिइन् । प्रहरीका अनुसार विश्वविद्यालयले त्यसपछि जाँच गर्दा उनी झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।

स्थानीय प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । यसअघि गत फागुनमा भैरहवाकी प्रकृति लम्साल पनि सोही होस्टलमा मृत भेटिएकी थिइन् । झण्डै १५ सय नेपाली विद्यार्थी अध्ययन गर्ने सो कलेजमा पुनः यस्तो घटना दोहरिएपछि नेपाली विद्यार्थीहरू त्रसित भएका छन् ।

यसैबीच, विश्वविद्यालयका प्रतिनिधिले आज नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर मृतक साहको मृत्यु प्रकरणबारे जानकारी दिने बताइएको छ । घटनाबारे मृतकका परिवार र दूतावासलाई प्रहरीले हिजो साँझ जानकारी गराएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १३:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update