दुई पूर्वप्रधानमन्त्री माइतीघर जाने
                                                
                    
                
                            
                                पूर्वप्रधानमन्त्रीहरु शिक्षकको आन्दोलनमा सहभागी हुँदै
                        
                        
                                                
                                            
                                                                    काठमाडौं । शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन दुई पूर्वप्रधानमन्त्री माइतीघर जाने भएका छन् ।
जारी शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल आन्दोलन भएको स्थानमा जान लागेका हुन ।
पूर्व प्रधानमन्त्रीद्वय खनाल र नेपाल शिक्षकहरुको आन्दोलन भएको स्थानमा दिउँसो साढे १२ पुग्ने खनालको सचिवालयले जनाएको छ । उनीहरु सँगै पार्टीका अन्य नेताहरु पनि जाने छन् ।
शान्तिपूर्ण रूपमा हुँदै आएको शिक्षक आन्दोलनमा हिंसा भड्किएपछि नेताहरुले पछिल्लो अवस्था बुझ्न लागेका हुन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १२:५६
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
                    