Banner Nepal
काठमाडौं महानगरपालिकामा आज शोक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ । तत्कालीन काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा महानगरले आज शोक बिदा दिएको हो । डंगोलको निधनमा महानगरपालिकाले दुःख व्यक्त गर्दै  परिवारमा समवेदना प्रकट गरेको छ । काठमाडौँ पञ्चायतका लागि २०४३ सालमा भएको निर्वाचनमा डंगोल प्रजातन्त्रबादीका तर्फबाट बिजयी हुनु भएको थियो । उपप्रधानपञ्चका रुपमा उहाले सहर निर्माण, सहरी व्यवस्थापन र प्रवद्र्धन तथा सामाजिक सेवामार्फत रुपान्तरणमा पुर्याएको योगदानको सम्मान गर्दै महानगरपालिकाले शोक बिदा दिएको जनाएको छ । नेपाली कांग्रेसका नेतासमेत रहेका डंगोल राज्यमन्त्री पनि बन्नु भएको थियो । 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update