Banner Nepal
डोल्पामा बिहानै भूकम्पको धक्का

काठमाडौं । डोल्पामा आज बिहानै भूकम्प गएको छ ।  जिल्लाको कान्जिरोबा आसपास क्षेत्रमा केन्द्रविन्दु भएर ४ म्याग्नेच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ६ मिनेटमा भूकम्प गएको हो । यसअघि शुक्रबार सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर अर्को भूकम्प गएको थियो । सिन्धुपाल्चोकमा गएको भूकम्प ४ दशमलव १  म्याग्निच्युड मापन गरिएको केन्द्रले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update