Banner Nepal

 

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको बरहथवामा मापदण्ड विपरीत सञ्चालित ११ वटा निजी अस्पताल बन्द गराएक छन् ।

सेवा सञ्चालन अनुमति नलिएका र मापदण्ड अनुसारका भौतिक संरचना नभएका, जनशक्ति व्यवस्थापन, उपकरण औजार, औषधि लगायत व्यवस्थापन नगरेका ११ अस्पतालमा मुख्यमन्त्री सिंहले ताला लगाउन निर्देशन दिए हुन्।

उनले संकट मोचन हेल्थकेयर प्रालि, सञ्जीवनी हस्पिटल प्रालि, हैप्पीकेयर मेडिकल प्रालि, सर्लाही गोल्डेन हस्पिटल प्रालि लगायतका अस्पताल बन्द गर्न निर्देशन दिएका हुन् । 

बुधबार राति बरहथवा स्थित स्वास्थ्य संस्थाको अनुगमन क्रममा सेवा सञ्चालन अनुमति नलिएका, कानूनी प्रावधान विपरीत सेवा सञ्चालन अनुमति लिएका, नवीकरण नगराएका र मापदण्ड विपरीत सञ्चालनमा रहेका ती अस्पताललाई बन्द गर्न निर्देशन दिइएको मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए ।

बन्द गराइएका स्वास्थ्य संस्थालाई कानून अुसार सेवा सञ्चालन अनुमति लिई, नवीकरण गराई र मापदण्ड पु¥याई मात्र सञ्चालन गर्न लिखित निर्देशन दिइएको प्रदेश स्वास्थ्य तथा जनसख्या मन्त्रालयका जस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले बताए। 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update