Banner Nepal
विपद्को घडीमा लायन्स र लियो क्लबको संयुक्त पहल

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं नमोबुद्ध र लियो क्लब अफ काठमाडौं नमोबुद्धको संयुक्त नियमित क्लब बैठक सम्पन्न भएको छ।

भदौ १३ गते टुसालस्थित सेफ च्वाइस क्याफेमा आयोजित बैठकमा पछिल्लो समय भोटेकोशी नदीका कारण उत्पन्न विपद्को अवस्थाबारे विशेष छलफल गरिएको थियो।

बैठकमा विपद्बाट प्रभावित क्षेत्र तथा समुदायलाई आवश्यक सहयोग पुर्‍याउने विषयमा छलफल गर्दै सहयोगका हातहरू अघि बढाउने निर्णय गरिएको क्लबले जनाएको छ।

539e190c-7db4-4363-8854-c7312bc801fe-1788019475.jpg
 

त्यसका साथै आगामी दिनमा सञ्चालन गरिने विभिन्न सेवामूलक तथा सामाजिक कार्यका विषयमा समेत बैठकमा छलफल भएको थियो। क्लबले विपद्को समयमा प्रभावित नागरिकको सहयोगका लागि आवश्यक पहल र सेवाका कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ।

08e27714-fe7d-4741-a202-62219258780f-1788019616.jpg
 

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  २१:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update