Banner Nepal
डिस्ट्रिक गभर्नर पहिलो जोन मिटिङ : नमोबुद्ध लायन्स क्लबको नेतृत्व परिवर्तन

 काठमाडौं । लायन्स क्लब अफ काठमाडौं नमोबुद्धको नयाँ कार्य समितिले कार्यभार सम्हालेको छ । भीम लोप्चन नेतृत्वको यसअघिको कार्य समितिले पद र माईन्यूट हस्तान्तरण गरेपछि नयाँ कार्य समितिले काम सुरु गरेको हो ।

२०८३ भदौ ६ गते आयोजित कार्यक्रममा नयाँ कार्यसमितिकी उपाध्यक्ष बिना बस्नेतलाई निवर्तमान अध्यक्ष भीम लोप्चनले माईन्यूट हस्तान्तरण गर्नुभएको थियो । केही दिनअघि बसेको लायन्स क्लब अफ काठमाडौं नमोबुद्ध कार्य समिति बैठकले विश्व केसी अध्यक्ष, प्रथम उपाध्यक्ष विश्व लामा र उपाध्यक्ष बिना बस्नेत रहेको नयाँ कार्यसमिति चयन गरेको थियो ।

लायन्स क्लब अफ काठमाडौं नमोबुद्धका निवर्तमान अध्यक्ष भीम लोप्चन भने डिस्ट्रिक ३२५ ई को लायन बर्ष २०२६–२०२७ का लागी जोन चेयर पर्शनमा मनोनिति हुनुभएको छ । सोही दिन डिस्ट्रिक गभर्नर पहिलो जोन मिटिङ पनि बसेको थियो ।

बैठकमा चारवटा क्लबले आ–आफ्नो वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । लायन्स क्लब अफ काठमाडौं नमोबुद्धका तर्फबाट सूर्य तामाङ, लायन्स क्लब अफ काठमाडौं नमोग्रीन ताराको तर्फबाट सविना तामाङ गोले, लायन्स क्लब अफ काठमाडौं अदम्य साहसबाट भुवन पण्डित र लायन्स क्लब अफ काठमाडौं निर्णायकको तर्फबाट अनिल पण्डितले क्लबको बार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

लायन्स क्लब अफ काठमाडौं नमोबुद्धको आयोजनामा भएको डिस्ट्रिक गभर्नर पहिलो जोन मिटिङमा प्रमुख अतिथि मल्टीपल डिस्ट्रिक चेयरपर्शन कर्मा गुरुङ, पीडीजी टंकबहादुर श्रेष्ठ, विशेष अतिथि भाइस डिस्ट्रिक गभर्नर राजन श्रेष्ठ, विशेष अतिथि डिस्ट्रिक ३२५ ई सचिव अजय खनाल रहनुभएको थियो ।

त्यस्तै, डिस्ट्रिक्ट एओजी भूवन पोखरेल, जीएसटी चीफ हरि श्रेष्ठ, जीएमटी चीफ रेणु श्रेष्ठ, एनएलएफ चीफ नविन बज्र लामा, क्यान्सर अवार्नेस चीफ सूर्यबहादुर तामाङ अतिथिको रुपमा रहनुभएको थियो ।

त्यस्तै अतिथिको रुपमा मेण्टल हेल्थ सपोर्ट चीफ जगदिश पुडासैनी, जोन चेयरपर्शन गौरी श्रेष्ठ, लियो क्लब नमोबुद्धका अध्यक्ष राधिका क्षेत्री, नमोग्रीन तार क्लबका अध्यक्ष सविना तामाङ गोले, एरिया को–अर्डिनेटर पुरुषोत्तम महर्जन, नवनविन क्लबका अध्यक्ष सुवास कार्कीलगायत क्लबका सक्रिय सदस्यहरुको सहभागिता रहेको थियो ।

बैठक लायन्स क्लब अफ काठमाडौं नमोबुद्धका निवर्तमान अध्यक्ष एवं डिस्ट्रिक ३२५ ई को लायन बर्ष २०२६–२०२७ का लागी जोन चेयर पर्शन एवं प्रेसाईडिङ अफिसर भीम लोप्चनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

338e2c0b-82b9-44ee-b2c9-67bdc119b38f-1787839605.jpg
 

4f7f8371-930d-4d02-b7aa-514e2d47e5a6-1787839556.jpg

 

2769a9cd-ce7f-4868-b76c-59c2fa6f2762-1787839542.jpg

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update