ताँजाकोट गाउँपालिका कार्यालयमा आगलागी, प्रहरीले थाल्यो अनुसन्धान
काठमाडौँ । हुम्लाको ताँजाकोट गाउँपालिका कार्यालयमा सोमबार बिहान आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार राति करिब १ बजे कार्यालय भवनमा आगलागी भएको हो।
स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खड्काका अनुसार बिहान ३ बजेर ४५ मिनेटमा आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।
प्रहरीका अनुसार गाउँपालिका कार्यालयको लेखा शाखाअन्तर्गत रहेको स्टोरमा विद्युत्को तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान छ।
आगलागीबाट चार थान काठका र्याक, एक थान खाट, एक थान टेबल र एक थान सोलार ब्याट्री जलेर नष्ट भएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३ ११:०४
प्रतिक्रिया दिनुहोस्


