Banner Nepal
रवि लामिछानेको चीन भ्रमण फेरि स्थगित, अब सांसदको टोली मात्रै जाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ। उच्च स्रोतका अनुसार अगस्ट दोस्रो साताका लागि तय गरिएको भ्रमण यसअघि एक महिना सारिए पनि सेप्टेम्बर दोस्रो सातामा समेत लामिछाने चीन नजाने भएका छन्।

अब चीन भ्रमणमा रास्वपाका सांसदहरूको टोली मात्रै जाने तयारी छ। भारत भ्रमणपछि लामिछाने चीन जाने योजना बनेको थियो। सरकारी स्रोतका अनुसार सभापति लामिछानेले उपयुक्त समयमा चीन भ्रमण गर्ने भए पनि नयाँ मिति भने अहिलेसम्म तय भएको छैन।

यसैबीच रास्वपाका उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले भने छिट्टै भारत भ्रमणमा जाने भएका छन्। उनको भारत भ्रमणका क्रममा उच्च तहका अधिकारी तथा नेतृत्वसँग भेटवार्ता हुने बताइएको छ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update