आन्दोलन घोषणा गरेलगत्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। उनलाई गएराति भक्तपुरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रसाईंलाई हाल जिल्ला प्रहरी परिसर, भक्तपुरको बालमैत्री कक्षमा राखिएको छ। उनले आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत आन्दोलन गर्ने घोषणा गरेका थिए। त्यसलगत्तै राति करिब १० बजे प्रहरी टोली उनको निवास पुगेको र नियन्त्रणमा लिएको हो।
भक्तपुर प्रहरीका एसपी सूर्य खड्काका अनुसार सार्वजनिक शान्ति–सुरक्षामा असर पर्न सक्ने आशंकाका आधारमा प्रसाईंलाई पक्राउ गरिएको हो। यसअघि पनि उनी यही कसुरमा पक्राउ परिसकेका थिए।
प्रहरीले आज अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान अघि बढाइने जनाएको छ।
प्रकाशित मिति: सोमबार, साउन १८, २०८३ १०:२६
प्रतिक्रिया दिनुहोस्


