देशभर बदली र वर्षा, जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। मनसुनको प्रभावका कारण अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा आज भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। विभागले ती क्षेत्रमा बाढी, पहिरो तथा अन्य वर्षाजन्य जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रकाशित मिति: सोमबार, साउन १८, २०८३ १०:१३
प्रतिक्रिया दिनुहोस्


