पर्सामा ३७० किलो गाँजा बरामद, अनुसन्धान जारी
काठमाडौँ। पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुर क्षेत्रबाट प्रहरीले ३७० किलोग्राम गाँजा बरामद गरेको छ।
प्रहरी चौकी मिर्जापुरबाट खटिएको टोलीले नियमित गस्तीका क्रममा नहरको खाल्डो नजिक लुकाइछिपाइ राखिएको बेवारिसे सामान फेला पारेको थियो। जाँच गर्ने क्रममा २५ वटा पोकामा राखिएको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजाको स्वामित्व तथा त्यसमा संलग्न व्यक्तिको पहिचान गर्ने प्रयास भइरहेको जनाइएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: बिहीबार, असार ४, २०८३ ०९:०२
प्रतिक्रिया दिनुहोस्


