Banner Nepal
पानामालाई हराउँदै घाना समूह ‘एल’को दोस्रो स्थानमा उक्लियो

काठमाडौँ। फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘एल’ मा घानाले पानामामाथि कठिन जित निकालेको छ। क्यानडाको टोरन्टोस्थित रंगशालामा सम्पन्न खेलमा घानाले पानामालाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा महत्वपूर्ण तीन अङ्क हात पारेको हो।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्णय दोस्रो हाफको अतिरिक्त समयमा भएको गोलले गर्‍यो। घानाका कालेब यिरेनकीले इन्जुरी समयमा गोल गर्दै टोलीलाई जित दिलाए। उनको यही गोल खेलको निर्णायक क्षण बन्यो।

जितसँगै घानाले तीन अङ्क जोड्दै समूहमा दोस्रो स्थान सुरक्षित गरेको छ। समान तीन अङ्क रहेको इङ्ग्यान्ड गोलअन्तरका आधारमा शीर्ष स्थानमा रहेको छ।

समूह ‘एल’ मा पानामा र क्रोएसिया भने अझै अङ्कविहीन छन्। पानामा तेस्रो तथा क्रोएसिया चौथो स्थानमा रहेका छन्।

यसैबीच, विश्वकपअन्तर्गत समूह ‘के’ को अर्को खेलमा नेपाली समयअनुसार साँझ ७ः४५ बजे उज्वेकिस्तान र कोलोम्बियाबीच प्रतिस्पर्धा हुने तालिका छ।

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update