Banner Nepal
गुल्मीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–१ ठुलाबगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका ३४ वर्षीय लक्ष्मण थापा र पछाडि सवार सोही स्थानका ४५ वर्षीय गिरमान सिंह रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गएराति रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खसेपछि दुर्घटना भएको हो ।

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update