Banner Nepal
मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा सात उजुरी

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश Manoj Kumar Sharma विरुद्ध संसदीय सुनुवाइ समितिमा अहिलेसम्म ७ वटा उजुरी दर्ता भएका छन्।

संसदीय सुनुवाइ विशेष समितिले वैशाख २६ गते प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो। सोही आधारमा हालसम्म सात वटा उजुरी प्राप्त भएको संसद सचिवालयले जनाएको छ।

समितिले शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार, प्रमाण र सबुतसहित आजसम्म उजुरी दिन समय दिएको थियो।

वरिष्ठता मिचेर प्रधानन्यायाधीशमा सिफारिस गरिएको भन्दै विपक्षी दलसहित विभिन्न पक्षले सरकारको आलोचना गर्दै आएका छन्।

संसदीय सुनुवाइ विशेष समितिले भोलिदेखि प्राप्त उजुरीमाथि अध्ययन सुरु गर्ने जनाएको छ। उजुरीमाथि छलफल तथा छानबिनपछि प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग प्रत्यक्ष सुनुवाइ गरिनेछ।

संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश पदमा नियुक्त गर्ने प्रावधान रहेको छ।

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update