पहाडमा वर्षा, तराईमा गर्मी
कोसी, वाग्मती र गण्डकीका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना
काठमाडौं । देशका केही स्थानमा आज पनि वर्षाको सम्भावना रहेको छ भने तराईका केही क्षेत्रमा अत्यधिक गर्मी बढ्ने भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ ।
दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । कोसी प्रदेशका हिमाली र पहाडी क्षेत्रका केही स्थान तथा वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि पानी पर्ने सम्भावना रहेको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने आज अत्यधिक गर्मी हुने अनुमान गरिएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३ ११:०५
प्रतिक्रिया दिनुहोस्


