Banner Nepal
आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकमाथि संसदमा छलफल हुँदै

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने तय भएको संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (कर प्रस्तावबाहेक) छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको छ।

यस्तै, प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

राष्ट्रियसभाको बैठकमा पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे छलफल हुने बताइएको छ।

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update