मन्त्रिपरिषद्बाट कार्य विभाजन नियमावली २०८३ स्वीकृत
सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली पारित गरेको जानकारी सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना ले दिनुभयो ।
बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ मा संशोधन गर्ने प्रस्तावसमेत स्वीकृत गरेको छ । सरकारले डिजिटल प्रशासन र सुशासनलाई थप प्रभावकारी बनाउन उक्त संशोधन गरिएको जनाएको छ ।
त्यस्तै, मन्त्रिपरिषद्ले भूमिसम्बन्धी २१ औँ संशोधन नियमहरू, २०८३ पनि स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री तिमिल्सिनाले जानकारी दिनुभयो ।
बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का र योगेश गौचन थकाली लाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३ १२:१२
प्रतिक्रिया दिनुहोस्


