Banner Nepal
सुन–चाँदीको मूल्यमा आकस्मिक उछाल, बजारमा चहलपहल

काठमाडौँ — नेपाली बजारमा बुधबार सुन तथा चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। अघिल्लो दिन घटेको सुनको भाउ आज एकैदिन ठूलो परिमाणमा बढ्दै नयाँ उचाइमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक हजार ६ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला १४ हजार ६ सय रुपैयाँले बढेको छ। यससँगै सुन प्रतितोला दुई लाख ७३ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ।

यसअघि मंगलबार पनि सुन यही मूल्यमा कारोबार भएको उल्लेख गरिएको छ, तर बुधबार वृद्धि दर भने उल्लेखनीय देखिएको छ।

यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। मंगलबार प्रतितोला चार हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर चार हजार ९ सय २० रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय १५ रुपैयाँले बढी हो।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य उच्च रहेको छ। बुधबार सुन प्रतिऔंस चार हजार ५ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ।

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update