इटहरीको पूर्वाञ्चल क्याफेमा आगलागी, आसपासका घर–पसल जोखिममा
काठमाण्डौ — सुनसरीको इटहरी बजारस्थित पूर्वाञ्चल क्याफेमा आगलागी भएको छ। इटहरी उपमहानगरपालिका–६ मा रहेको उक्त क्याफेको आइसक्रिम पार्लरबाट आगो सुरु भएको प्रारम्भिक जानकारी आएको छ।
आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। आगो फैलिँदै जाँदा पार्लर आसपासका घर तथा पसलहरू जोखिममा परेका छन्, जसका कारण स्थानीयवासीमा त्रासको अवस्था सिर्जना भएको छ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार आगो नियन्त्रणका लागि प्रयास भइरहेको छ र घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रकाशित मिति: बुधबार, चैत ११, २०८२ १३:०५
प्रतिक्रिया दिनुहोस्


