पश्चिम नेपालमा १२ घण्टाभित्र दुई भूकम्प
काठमाण्डौ — पश्चिम नेपालका विभिन्न जिल्लामा १२ घण्टाको अन्तरालमा दुई वटा भूकम्पका धक्का महसुस गरिएको छ।
सोमबार दिउँसो १ बजेर १४ मिनेटमा बझाङ जिल्लाको रयाल केन्द्र बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो। यसअघि सोही दिन बिहान ३ बजेर ५१ मिनेटमा दार्चुलाको मुराइ केन्द्र गरी ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो।
पछिल्लो समय देशको पश्चिमी भूभागमा भूकम्पीय गतिविधि बढ्दै गएको देखिएको छ। यसअघि चैत ३ गते दार्चुलाकै सिटौला केन्द्र बनाएर ४.० म्याग्निच्युडको भूकम्प गएको थियो भने गत फागुन २२ गते बझाङको चैनपुर केन्द्र गरी ३.६ म्याग्निच्युडको कम्पन महसुस गरिएको थियो।
लगातार भूकम्पका घटनाले पश्चिमी क्षेत्रमा भू–गर्भीय सक्रियता बढिरहेको संकेत गरेको विज्ञहरू बताउँछन्।
प्रकाशित मिति: सोमबार, चैत ९, २०८२ १७:१२
प्रतिक्रिया दिनुहोस्


