Banner Nepal
प्रतिवेदन झोलामा राखिएको आरोपसहित विरोध प्रदर्शन

काठमाडौँ — कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज पनि माइतीघरमा प्रदर्शन गरिएको छ। जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूले उक्त विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘जेनजी आन्दोलन खोलामा, प्रतिवेदन झोलामा’ लगायतका नाराबाजी गर्दै आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका थिए।

उनीहरूले घटनासम्बन्धी सत्य तथ्य सार्वजनिक गर्नुपर्ने र प्रतिवेदन लुकाएर राख्न नहुने भन्दै सरकारसँग पारदर्शिता अपनाउन आग्रह गरेका छन्।

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update