Banner Nepal
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशभर वर्षा र हावाहुरी

काठमाडौँ — हिजोदेखि सक्रिय रहेको पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका अधिकांश भू–भागमा पछिल्लो २४ घण्टायता मेघगर्जन, चट्याङ, असिना तथा हावाहुरीसहित वर्षा भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। सक्रिय प्रणाली क्रमशः पूर्वतिर सर्ने क्रममा रहेको जनाइएको छ।

महाशाखाले उक्त प्रणाली आज बेलुकादेखि क्रमिक रूपमा कमजोर हुँदै जाने जनाएको छ। प्रणाली कमजोर भएसँगै वर्षा कम हुँदै जाने र मौसममा सुधार आउने सम्भावना रहेको बताइएको छ।

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update