Banner Nepal
सुनको मूल्यमा एकैदिन ५ हजार ६ सय रुपैयाँ वृद्धि

नेपाली बजारमा आइतबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। एकैदिन तोलामा ५ हजार ६ सय रुपैयाँले वृद्धि हुँदै छापावाल सुनको मूल्य ३ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको हो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज उल्लेख्य उकालो लागेको हो।

चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी तोलामा ३२५ रुपैयाँले बढ्दै ५ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार ५० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै आन्तरिक मागका कारण पनि मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरूको भनाइ छ।

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update