Banner Nepal
भोजपुरमा सेना बोकेको बस दुर्घटना, २४ जना घाइते

काठमाडौँ । पूर्वी पहाडी जिल्ला भोजपुरमा निर्वाचन सुरक्षामा खटिएका नेपाली सेना बोकेको बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्। बुधबार दिउँसो भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै ना ४ ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ। अन्य घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र सुरक्षाकर्मीको उद्धार कार्य तत्कालै गरिएको जनाइएको छ। निर्वाचन सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी सवार उक्त बस दुर्घटनाले स्थानीय क्षेत्रमा चासो बढाएको छ।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update