Banner Nepal
फागुन २१ का लागि आवश्यक निर्देशिका छपाइ सम्पन्न

काठमाण्डौ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक छपाइ सामग्री निर्वाचन आयोगमा प्राप्त हुन थालेको छ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको छापाखानामा मुद्रण गरिएका मतदान निर्देशिका, मतगणना निर्देशिका, निर्वाचनसम्बन्धी ऐन, नियमावली तथा अन्य आवश्यक निर्देशिकाहरू पर्याप्त मात्रामा छापिएर आयोगमा आउने क्रम सुरु भएको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।

उनका अनुसार हालसम्म पहिलो चरणमा पाँच हजार थान छपाइ सामग्री आयोगमा आइपुगेको छ। बाँकी सामग्री क्रमशः प्राप्त भएपछि अन्य निर्वाचन सामग्रीसँगै ७७ वटै जिल्लामा पठाउने तयारी गरिएको छ।

यसैबीच, मतपत्र भने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ भइरहेको आयोगले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update