Banner Nepal
साइबर अपराध आरोपमा रास्वपा कपिलबस्तुका सङ्गठन प्रमुख पक्राउ

काठमाण्डौ — राष्ट्रिय स्वतन्त्र पार्टीका कपिलबस्तु जिल्लाका सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले साइबर अपराधको आरोपमा पक्राउ गरेको छ।

प्रहरीका अनुसार भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत घृणा वा द्वेष फैलाउने तथा गोपनीयता उल्लङ्घन गर्ने सामग्री सार्वजनिक गरेका थिए। उनले प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारसँग सम्बन्धित कागजात माघ २६ गते आफ्नै फेसबुक खाताबाट सार्वजनिक गरेको बताइएको छ।

प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार उक्त घटनापछि उनलाई कपिलवस्तु नगरपालिका–२ बाट नियन्त्रणमा लिइएको हो। यसअघि पनि उनले सामाजिक सञ्जालमार्फत व्यक्तिविरुद्ध आपत्तिजनक सामग्री प्रकाशन गरेको आरोप रहेको प्रहरीले जनाएको छ।

भट्टराईविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ। जिल्ला अदालत कपिलवस्तुबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update