Banner Nepal
अदालतले सत्य स्थापित गर्नेछ : रवि लामिछाने

काठमाण्डौ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध दर्ता भएका मुद्दामा न्यायालयले निष्पक्ष निर्णय दिने विश्वास व्यक्त गरेका छन्।

बिहीबार जिल्ला अदालत कास्की, पोखरामा तारिख बुझ्न उपस्थित भएका लामिछानेले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै विभिन्न अदालतमा उपस्थित हुनुपर्ने अवस्थाका कारण समय तालिका मिलाएर व्यवस्थापन गरिरहेको जानकारी दिए।

उनले न्याय पाउने अन्तिम थलो अदालत नै भएकाले कानूनी तथा न्यायिक प्रक्रियाप्रति आफ्नो पूर्ण सम्मान रहेको उल्लेख गरे। मुद्दा दर्ता भएका अदालतमा स्वयं उपस्थित भई प्रक्रिया अगाडि बढाइरहेको बताउँदै उनले विधिको शासन स्थापनाको पक्षमा आफूहरू उभिएको धारणा राखे।

लामिछानेले कानूनी राज्यको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्न कानूनी प्रक्रियालाई जिम्मेवारीपूर्वक निर्वाह गरिने पनि स्पष्ट पारे।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update