साइबर अपराध मुद्दामा दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा हुने
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हाजिर जमानीमा रिहा गर्ने प्रक्रिया अघि बढाइएको छ। साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार आवश्यक प्रक्रिया पूरा भएपछि उनलाई जमानीमा छाडिने भएको हो।
प्रसाईंलाई चाल्नाखेल क्षेत्रबाट साइबर अपराधसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको थियो। यसअघि पनि माघ महिनाको पहिलो साता उनी हाजिर जमानीमै छुटेका थिए। नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयलाई लिएर सार्वजनिक रूपमा भ्रम फैलाएको आरोपपछि उनीमाथि कारबाही अघि बढाइएको थियो। सोही विषयमा आयोगले साइबर ब्युरोमा औपचारिक पत्राचार गरेपछि अनुसन्धान अगाडि बढाइएको जनाइएको छ।
प्रकाशित मिति: आइतबार, माघ २५, २०८२ १६:४५
प्रतिक्रिया दिनुहोस्


