Banner Nepal
मुस्ताङको रानीपौवामा राष्ट्रिय स्कि च्याम्पियनसिप सुरु

काठमाण्डौ — मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ रानीपौवामा आजदेखि स्कि च्याम्पियनसिप सुरु भएको छ । नेपाल स्कि सङ्घ एसोसिएसनको आयोजना तथा स्कि सङ्घ मुस्ताङको संयोजनमा प्रतियोगिता सञ्चालन गरिएको हो ।

च्याम्पियनसिपमा देशका विभिन्न पाँच जिल्लाबाट आएका करिब २८ जना खेलाडीले सहभागिता जनाएका छन् । हिमाली क्षेत्रमा सम्भावना बोकेको स्कि खेलको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार यस्ता प्रतियोगिताले स्थानीय पर्यटन प्रवर्द्धनसँगै राष्ट्रियस्तरमा हिउँजन्य खेलकुदको विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update